दफा २८
समाह्वानको तामेली
(१) रजिस्ट्रारले समाह्वान, म्याद वा सूचना तामेल गराउनको लागि त्यस्तो समाह्वान, म्याद वा सूचना जारी भएको दुई दिनभित्र ऐनको दफा १० को उपदफा (६) बमोजिम तामेल गर्न अदालतका कर्मचारी, सम्बन्धित जिल्ला अदालत वा सम्बन्धित सरकारी कार्यालयमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त म्याद अदालतको कर्मचारी, सम्बन्धित जिल्ला अदालत वा सरकारी कार्यालयले ऐनको दफा १० बमोजिम तामेल गर्नु पर्नेछ।
(३) म्याद तामेल गर्न खटाइएको कर्मचारीले म्याद तामेल गर्न बुझिलिएको मितिले बाटोको म्याद बाहेक दुई दिनभित्र तामेल गरी तामेली प्रतिवेदन रजिस्ट्रारसमक्ष पेस गर्नु पर्नेछ।
(४) समाह्वानको तामेली सम्बन्धी अन्य प्रक्रिया मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ तथा त्यस अन्तर्गत बनेको नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ।